Aamsanchar

झापामा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

Author Image
सोमवार, मंसिर ६, २०७८

 

   झापा- झापाकाे मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् ।

हिजो बेलुका साढे ६ बजे पुर्ब तर्फ आउदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भिर घाईते भएका अधिकारीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो ।

अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ बर्षीय सुरेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको छ । घटनाकोबारेमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर