Aamsanchar

नेपाल हङकङसँग ६ विकेटले पराजित

Author Image
सोमवार, मंसिर ६, २०७८

         

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय पाँच रनकाे लक्ष्य हङकङले चार विकेट गुमाएर १२ बलअघि नै भेटायाे । हङकङका लागि मारिकाे हिलले नटआउट ४३ रन बनाइन् । यस्तै कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रन बनाइन् । 

बलिङतर्फ नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट लिइन् ।  यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रन बनायाे । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । यस्तै, इन्दु बर्माले ३१ रन बनाइन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक/एक विकेट लिए ।

अब नेपाली टोलीले टी–२० विश्व कप छनाेटकाे दाेस्राे खेलमा यही ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर