Aamsanchar

महाधिवेशन प्रतिनिधिमा ११ जना विजयी, १४ जनाको परिणाम आउन बाँकी

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

मेचीनगर । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा ११ जना निर्वाचित भएका छन् ।
आज विहानको मत परिणाम अनुसार महाधिवेशन प्रतिनिधिमा तेजप्रसाद चौलागाई(तेजु) ३८३, रोहितकुमार बुढाथोकी २८६, टिका सुवेदी बराल २६३, शुशिला रिजाल १८१, खड्गबहादुर धिमाल ३२३, बालाजित राई ३०२ मत ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा डम्बरकुमारी थापा मगर ३०७, शोभा श्रेष्ठको ४४६, पोषककुमार दर्जी २२४, गौतम मजुमदार (विकी) २८६ र कालु मेचेले ३०५ ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत निरौलाले बताए ।

२५ जना महाधिवेशन प्रतिनिधिमा १४ जनाको नतिजा आउँन बाँकी रहेको छ । महाधिवेशन प्रतिनिधिमा ६५ जना उम्मेद्वार रहेका छन् ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर