काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।
स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा हिजो बेलुका सात बजेतिर आगो लागेको हो ।
गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँकाअनुसार आगो लागेको समयमा अभिभावक घरमा थिएनन् । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो ।
आगो गएराति नै नियन्त्रणमा आएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202