Aamsanchar

कांग्रेस भोजपुरको सभापतिमा बान्तवा निर्वाचित

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

     

भोजपुर : नेपाली कांग्रेस भोजपुरको सभापतिमा विनोद बान्तवा निर्वाचित भएका छन्। सभापतिमा बान्तवा, नन्दमणि राई र बालकृष्ण थापा उम्मेदवार थिए।

बान्तवाले ४१५, राईले ३९२ र थापाले ३६० मत प्राप्त गरेका छन्।  तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने बीच निर्वाचनका हुने अवस्था थियो। तर, निर्वाचनमा नगएर सहमतिको आधारमा बान्तवा सभापति बनेको कांग्रेस एक नेताले बताए। 

जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको छ। ६० मत बदर भएको थियो। 

 

Views: 356

प्रतिक्रिया (०)

सम्बन्धित खबर