Aamsanchar

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी पक्राउ

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

       

विराटनगर- ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका गिरीलाई हिजो सम्मानित जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको छ ।

उच्च अदालत बिराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजाय निर्धारण फैसला आदेशले ४ बर्ष ७ महिना ४ दिन कैद भई लगत नं.- ९४३६ मा कैद बेरुजु रहि सजाय भुक्तान गर्न बाँकी रहेका गिरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा हिजो फेला पारी पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय,बिराटनगरले जनाएको छ  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर