Aamsanchar

बिर्तामोड नगरपालिकाद्वारा सय बर्ष माथीका जेष्ठ नागरिकलाई सम्मान

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिकाले १०० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर सम्मान गरेको छ । मंगलबार नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, कर्मचारीहरु महिला विकास निरिक्षक पुष्पा कार्की, सहायक महिला विकास निरिक्षक युग कुमारी भट्टराई लगायतको टोलीले नगरका विभिन्न वडामा पुगेर पोषिलो खानेकुरा र नगद सहित न्यानो कपडाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का एक दम्पती १०४ वर्षिय मोतिलाल वास्तोला, १०२ वर्षिय विष्णुमाया वास्तोला, वडा नम्बर २ चैतुवारी कि १०६ वर्षिय कौशिला खरेल, वडा नम्बर ३ देउनियाका १०० वर्षिय पुण्यप्रसाद तिम्सिना, वडा नम्बर ६ वरगाछिका १०६ वर्षिय भिमलाल बराल,वडा नम्बर ८ कि १०० वर्षिय तिलमाया मगर र वडा नम्बर ९का १०१ वर्षिय रत्नबहादुर थापा रहनु भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को महिला,वालवालिका,अपाङ्ग तथा जेष्ठ नागरिक शिर्षकमा रहेको नियमित कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरीएको हो । नगरपालिकाले यस अघि असोज १५ गते अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका दिन परोपकार वृद्वाआश्रममा रहेका ३४ जना वृद्ववृद्वालाई समेत पोषिलो खानेकुरा वितरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर