Aamsanchar

तातो पानीले नुहाउने बानी छ ? यस्ता समस्या आईपर्न सक्छ

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

जाडोमा धेरैबेरसम्म तातो पानीमा नुहाउँनु स्वास्थ्यको लागि राम्रो मानिदैन। तातोपानीले हाम्रो शरीर र दिमाग दुबैमा नराम्रो असर पार्छ। खासमा तातो पानीले केराटिन नामको स्किन सेल्सलाई ड्यामेज गर्ने गर्छ जसले त्वचा चिलाउने र रुखो बनाउँछ।

जाडोमा तातो पानीले नुहाउँदा राम्रो हुने हामीले धेरै सुनेका छौँ । तर के हामीले विचार गरेका छौँ कहिल्यै पनि कपाल तातो पानीले नुहाउनु हुँदैन । यदी तातोपानीले कपाल नुहाउने बानी परेको छ भने आजैबाट त्यो बानी हटाउनुहोस् ।

तातोपानीले कपाललाई निकै रुखो बनाउँछ। कपाल झर्ने टुक्रिने हुन्छ ।

अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैले, नुहाउनका लागि मनतातो पानीको व्यवस्था मिलाउनुपर्छ ।

नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ ।

चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ ।

नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ । मसाजले रक्तसञ्चार पनि बढाउँछ ।

यस्तो क्रिया जाडोको लागि एकदमै उपयोगी कुरा हो । त्यसपछि सफा कपडा लगाएर केहिबेर शरीरको पछाडी भागमा घाम पारेर न्यानो बनाउन सकिन्छ । अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ । तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर