Aamsanchar

कांग्रेस महाधिवेशन : २४ जिल्ला सभापति चुनिए, देउवा र पौडेलमा कस्काे पल्ला भारी ?

Author Image
बुधवार, मंसिर ८, २०७८

                                                                     काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।                               

बुधबार विहानसम्मको अपडेट अनुसार दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको जिल्ला अधिवेशन सकिएको छ । अहिलेसम्म अधिवेशन सकिएका २४ जिल्लामध्ये १२ जिल्लामा पौडेल समूहनिकट जिल्ला सभापतिहरू चुनिएका छन् भने १२ जिल्लामा सभापति शेरबहादुर देउवानिकट जिल्ला सभापतिहरू चुनिएका छन् ।

यसचरणको अधिवेशनमा भोजपुरमा विनोद बान्तावा, डडेलधुरामा भीमबहादुर साउद, पााचथरमा रुपनारायण जवेगु, प्यूठानमा विष्णुकुमार गिरी, अर्घाखााचीमा केशव श्रेष्ठ, सल्यानमा केसबहादुर बिष्ट, लमजुङमा टकराज गुरुङ, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही र बैतडीमा चतुरबहादुर चन्द जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ । जसअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २३ जिल्लाको अधिवेशन सकिएको हो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर