Aamsanchar

दुर्गा प्रसाईसहित झापाबाट ६ जना महाधिवेशन प्रतिनिधि

Author Image
बुधवार, मंसिर ८, २०७८

बिर्तामोड । नेकपा एमालेको १०औं महाधिवेशनमा दुर्गा प्रसाईसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनित गरेको हो ।

मनोनित हुनेहरुमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाई, जुरोपानीका पूर्व अध्यक्ष अमर शिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गिता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको ५ प्रतिशत मनोनित गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनित भएका हुन् ।

Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर