Aamsanchar

तुम्बाहाङफेले सचिव पदमा उमेदावारी दिने

Author Image
शुक्रवार, मंसिर १०, २०७८

एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छन्।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताइन्। ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उनले भनिन्, ‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्‍याउनुपर्छ।’

तुम्बाहाङफे प्रतिनिधि सभाकी पूर्वउपसभामुख हुन्। उनले कानुन न्याय तथा संसदीय व्यवस्था र भूमि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)