Aamsanchar

शिक्षा सहकारीको प्रार्थमितामा स्वास्थ्य र शिक्षा

Author Image
शुक्रवार, मंसिर १०, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिक्षा बहुउदेश्यीय सहकारी संस्थाले नवौं वार्षिक साधारण सभाको संघारमा विभिन्न कार्यक्रमहरु प्रस्थावको रुपमा अघि सारेको छ । संस्थाले सदस्य हितका लागि स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरेर कार्यक्रमहरु ल्याएको हो ।

यही मंसिर २४ गते हुने साधारणसभामा शिक्षाको साथः सदस्य उपचारमा राहत कार्यक्रम अन्तरगत सदस्य उपचारमा २ लाख सम्म राहत, साथै प्रसुति सहायतामा १५ हजार सहयोग, त्यस्तै कार्यक्रमहरुमा रगतको खाँचो :  शिक्षाको चाँसोमा बर्षमा ५० जनालाई निशुल्क रगत उपलब्ध, सर्पको टोकाई : शिक्षाको दवाई सर्पदंशबाट पीडित सदस्यलाई ५ हजार सहयोग, बालबालिकाको हात : शिक्षाको साथ शिक्षा बाल सहायता कोषबाट कोरोना संक्रमणबाट आमा वा बुवा गुमाउन पुगेका सदस्य परिवारका बालबालिकाहरुलाई पढाईमा सघाउने र संस्थाका सदस्यका तिम्लिया छोराछोरीलाई पनि पढाईमा शिक्षा साकोसले सघाउने भएको छ । शिक्षा संग बालबालिका संस्थाको कार्यक्षेत्रभित्र बाल आवास गृह र गुरुकुलमा रहेका बालबालिका खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गर्ने । शिक्षाको अभिभावकत्व समुदायको दायित्व अन्तरगत चालु आर्थिक बर्ष संस्थाले सरकारी विद्यालयमा अध्ययनरत ५ जना बालबालिकाको दायित्व लिने, समय अनुकुल शिक्षाको लागि अतिआवस्य पर्ने ल्यापटप खरिदका लागि सहुलियत कर्जा, नेत्रहिन विद्यार्थीहरुलाई पाँच रुपियाँ अभियान कार्यक्रम मार्फत शिक्षा बहुउदेश्यले इच्छुक सदस्यले नेत्रहीन विद्यार्थीका लागि पाँच रुपियाँ सहयोग अभियान र बाल क्लवलाई सहयोग कार्यक्रमबाट सरकारी तथा निजी विद्यालयमा स्थापना बाल क्लवले शिक्षामा कम्तीमा तीन बर्ष खाता खोलेर रकम जम्मा गरेमा संस्थाको तर्फबाट २५ प्रतिशत थपिदिने जस्ता शिक्षा मैत्री कार्यक्रमहरु तयार पारेको छ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

३४ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल ३ हजार ८ सय ८ जना शेयर सदस्य रहेका छन् । शिक्षाले आफ्नो सेवा केन्द्रहरु पनि क्रमस् विस्तार गर्दै लगेको छ । हाल सम्ममा ५ वटा सेवा केन्द्रहरु स्थापना गरिसकेकोे छ । सेवा केन्द्रमा अधिकांश महिला कर्मचारीहरु आवद्ध रहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हाल संस्थाको शेयरपुँजी २ करोड ६९ लाख ९८ हजार ७ सय रुपैयाँ रहेको छ । संस्थाको कोष हिसाव १ करोड ३७ लाख ८४ हजार २ सय ७५ रुपैया ६ पैसा, लगानीमा रहेको ऋण १६ करोड ९२ लाख ५० हजार ३ सय ५ रुपैयाँ ७२ पैसा, बचत संकलन १४ करोड ५० लाख ८३ हजार ६ सय ७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै संस्थाले करअघि २४ लाख ९९ हजार ५ सय ६८ रुपैयाँ ५५ पैसा नाफा गर्न सफल भएको कार्यक्रममा वितरित प्रेस नोटमा उल्लेख छ ।

संस्थाले ब्याज तथा हर्जना छुट र कर्जा मिनाह समेत गरेको अध्यक्ष न्यौपानेले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य सावित्रा लिम्बु, तेजमणि प्रसाई, संस्थाका सञ्चालक समिति सदस्य हेमराज मिश्र, लेखा समिति संयोजक युवराज निरौला, निर्वाचन समितिका सदस्य लीला बराललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेश धौरालीले गरेका थिए । संस्थाले सेवा केन्द्रगत बार्षिक साधारणसभा गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर