Aamsanchar

झापा कांग्रेसको मत परिणाम आउनेक्रम जारी, कट्टेल प्यानल अगाडी

Author Image
शनिवार, मंसिर ११, २०७८

बिर्तामोड । नेपाली कांग्रेस झापाको निर्वाचन परिणम आउने क्रम जारी रहेको छ । निर्वाचन समितिले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार हाल सम्ममा ९०० मत मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको अग्रता जारी रहेछ ।

पछिल्लो परिणाम अनुसार सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन् । यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ५१५ र पाण्डेले ४१२ मत पाएका छन् । उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३८० र शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ५७१ र राजबंशीले ४८१ मत पाएका छन् । सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ र कृष्ण हुमागाईले २९३ मत पाएका छन् । त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ५५१ र प्रसाईले ४८३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३२४ र कालेन्द्र प्रसाद राजबंशीले ३२५मत पाएका छन् ।

सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ । निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । मतगणना निर्वाचन स्थल अनारमनी क्याम्पस बिर्ताबारजामा भईरहेको छ ।

Views: 541

प्रतिक्रिया (०)

सम्बन्धित खबर