Aamsanchar

कांग्रेस झापाको मतगणनाको ताजा परिणाम

Author Image
शनिवार, मंसिर ११, २०७८
  1.  

झापा-नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ७७६ मत र देउमान थेबेले ५३५ मत प्राप्त गरेका छन् । याे १३२५ मतगणनाको परिणाम हो । उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ७४८ र केशवराज पाण्डेले ६१८ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ५२६ र शेरबहादुर भट्टराईले ५३४ मत पाएका छन् । सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८१८ र राजबंशीले ६८४ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ५२५ र कृष्ण हुमागाईले ४४५ मत पाएका छन् । त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् ।

लिम्बुले ७९५ र प्रसाईले ६८० मत पाएका छन् । अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ४९५ र कालेन्द्र प्रसाद राजबंशीले ४९९मत पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर