काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।
पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो।
हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ।
मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 78