Aamsanchar

झापा कांग्रेसमा थेवको प्यानलनै विजयी

Author Image
आइतवार, मंसिर १२, २०७८

बिर्तामोड । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार उदेकुमार थेवे विजयी भएका छन् । थेवेले २५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन ।

थेवेको जित संगै उनको प्यानलका सबै उम्मेदवारले पनि विजयी हासिल गरेका छन् ।

जम्मा खसेको ३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ पत प्राप्तगरी विजयी बनेका छन् । उनका प्रतिष्पर्दी राम कट्टेलले १५ सय १५ मत प्राप्त गरे । त्यसैगरी थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हासिल गरेका छन्, उनले १८ सय ८९ मत प्राप्त गरे । अर्का विजयी उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गरेका छन् । कट्टेल प्यानलका प्रेम सम्वाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गरेका छन् ।

थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६सय ७६ मत प्राप्त गरेर विजयी बनेका छन् । उनिहरुका प्रतिष्पर्दी विश्वदीप लिङदेनले १४सय ३१ र टुमलाल राजवंशीले १३सय २१ मत प्राप्त गरेका गरे ।

उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रातगरी विजयी बनेका छन् । उनिहरुका प्रतिष्पर्दी उमाराम प्रसाईले १३ सय ३७ र पदम लिम्बुले १३ सय ४७ मत प्राप्त गरेर उपविजेता बनेका छन् । कोषाध्यक्ष पद भने मनोनित गर्ने विधान रहेको बताईएको छ ।

 

Views: 254

प्रतिक्रिया (०)