Aamsanchar

राप्रपा अध्यक्षमा डा. लोहनीले लिङ्देनलाई समर्थन गर्ने

Author Image
सोमवार, मंसिर १३, २०७८

      

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

डा. लोहनीले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई हुने बताए । उनले अहिलेको तीनैजना अध्यक्षले दोहोर्‍याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताए ।

‘कमल थापाले १५ वर्ष पार्टी चलाउनुभयो, पशुपतिशम्शेर जबराले २० वर्ष चलाउनुभयो, अब मलाइ चलाउन दिनुस् भनेको थिएँ’ उनले भने, ‘मलाइ चलाउन नदिने भएपछि हामी तिनै जना दोहोर्‍याउनुहुँदैन, नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ ।’

डा. लोहनीले लिङ्देनलाई समर्थनको घोषणा गर्ने कार्यक्रम मंगलबार राखिएको छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर