Aamsanchar

अध्यक्ष पशुपतिशमशेरको समर्थन राजेन्द्र लिङदेनलाई

Author Image
सोमवार, मंसिर १३, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न निर्वाचनमा राप्रपाका महासन्त्री राजेन्द्र लिङदेनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लिङदेनको घोषणा संगै लिङदेनको समर्थनमा पार्टीका केही नेताहरुले सार्वजनिक रुपमै समर्थन जनाएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि आउने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन्।

राप्रपाका अध्यक्षत्रयमध्ये राणाले नेतृत्वमा दाबी छोडेको उनीनिकट नेता सगुनसुन्दर लावतीले बताए। ‘सकभर सर्वसम्मत नेतृत्व चुनियोस् भनेर उहाँले दाबेदारी छोड्नुभएको हो,’ लावतीले भने। लावती राणा पहिले अध्यक्ष रहेको राप्रपाका प्रवक्ता पनि थिए। उनले आफ्नो समर्थन पनि लिङ्देनको पक्षमा रहेको बताए।

‘पार्टीलाई चलायमान र जनताले विश्वास गर्ने बनाउन, हिन्दु राष्ट्र राजासहितको प्रजातन्त्र स्थापना गर्न पुरानो पुस्ताले अभिभावकीय भूमिका खेल्नुपर्छ, उहाँहरूले नयाँ पुस्तालाई साथ दिनुपर्छ,’ लावतीले भने।

राप्रपा अध्यक्ष कमल थापाले पनि सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन्। अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी भने अहिलेसम्म के गर्ने भन्नेबारे खुलिसकेका छैनन्।

राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन गर्ने तय भएको छ।

Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर