काठमाडौं – लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।
फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहबीच अर्जेन्टिनाका मेसीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो । मेसीले कीर्तिमानी सातौं पटक बालोन डीओर अवार्ड जितेका हुन् । यस अघि मेसीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।
मेसीले बयार्न म्युनिखका र्रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । म्यानचेस्टर युनाइटेडका रोनाल्डो छैटौं स्थानमा रहे । फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।