Aamsanchar

एमालेको मतगणना जारी, कस्काे मत कति ?

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

     

चितवन – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।फमत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् ।

निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि मंगलबार बिहान विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर