अर्जुनधारा । सशस्त्र प्रहरी अस्थाई वेसक्याम्प शनिस्चरेले भारतबाट अबैध रुपमा आयात गरेर ल्याउदै गरेको एक सय किलो मागुर माछा बरामतगरी नष्ट गरेको छ ।
अवैधबाटो हुदै नेपाल भित्रयाईएको मागुर माछा बिक्री गर्दै गरेको गोप्य सुचनाको आधारमा आज विहान १० बजेर २० मिनेटमा झापा कनकाई नगरपालिका स्थित दुर्गापुर–लक्ष्मीपुर खण्डबाट सशस्त्र प्रहरीको टोलीले उक्त माछा बरामत गरेको सशस्त्र प्रहरी अस्थाई वेसक्याम्प शनिस्चरेका प्रमुख प्रहरी नायव उपरीक्षक जीवन भट्टराईले बताए ।
बरामत भएको मागुर प्रजातीको माछालाई स्थानीय जनप्रतिनिधी, पत्रकार, जनपथ प्रहरी, स्थानीय लगायतको रोहवरमा दिउसो १ बजेर ४० मिनेटमा वेसक्याम्प परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए ।
भन्सार गरेर ल्याईने मागुर माछाको बजारमा ३ सय ५० देखि ४ सय सम्म मुल्य रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 380