Aamsanchar

सरकारद्वारा ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

काठमाडौँ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिन नदिन सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सो जानकारी दिएका हुन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर