
माेरङ – प्रहरी हुँ भन्दै व्यापारीलाई धम्काएर पैसा असुल्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् । सादा पोसाकको प्रहरी हुँ भन्दै विराटनगर महानगरपालिका १५ को दक्षिण गेटका व्यापारीहरूसँग रकम माग्ने ३१ वर्षीय पुष्पराज चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले चेम्जोङलाई पक्राउ गरेको हो ।
Views: 77

