Aamsanchar

चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध

Author Image
बिहिवार, मंसिर १६, २०७८

     

काठमाण्डाै – महिला टेनिसको अन्तर्राष्ट्रिय सर्वोच्च निकाय वुमन्स टेनिस एसोसिएशन–डब्लूटीएले चीनमा हुने सबै अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामाथि प्रतिबन्ध लगाएको छ ।

चीनका पूर्व उपप्रधानमन्त्री झाङ गावोलीमाथि यौन दुर्व्यवहारकाे आरोप लगाएकी पेङ सुआई त्यसयता सार्वजनिकरुपमा नदेखिएपछि डब्लूटीएसहित विश्वका चर्चित खेलाडीहरुले उनको जीवन रक्षा र घटनाको छानबिनको माग गर्दै आएका थिए ।

तर सम्बद्ध निकाय आफ्ना मागप्रति उदासीन रहेको भन्दै प्रतिबन्ध लगाउनु परेको डब्लूटीएले जनाएको छ। ३५ वर्षीया पेङ तीन हप्तायता सार्वजनिक रुपमा नदेखिएकी बीबीसीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर