Aamsanchar

झापाको सताक्षीधाममा शतबीज छर्नेको घुईचो

Author Image
शुक्रवार, मंसिर १७, २०७८

झापा । झापाको शिवसताक्षी नगरपालिकामा रहेको सताक्षीधाममा आज बालाचर्तुदशी भेला लागि रहेको छ । विगतका बर्षहरुमा आजकै दिन भव्य रुपमा लाग्ने गरेको मेला यस बर्ष पनि लागेको हो ।

पूर्व–पस्चिम महेन्द्र राजमार्ग अन्तगत झिलझिले बजारदेखि करिव ३ किलो मिटर उत्तरमा रहेको सताक्षीधाम हिन्दु र किरात धर्मवलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ ।

सताक्षी खोलाको किनार र जंगलको बिचमा रहेको सताक्षीधाम प्राकृतिक हिसावले पनि निकै रमणिय रहेको छ । झापाका अन्य आर्धिक स्थलहरुमा पनि बालाचर्तुदशी मेला लागेको छ । मुख्य गरेर अर्जुनधारा, साधुकुटी लगायतका शिवालयहरुमा आज लाखौं भक्तजनहरुले शतबीज छरेका छन् ।
आफ्ना दिवंगत पूर्खाहरुको मुक्तिको लागि शतबीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरुलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शतबीज छर्ने परंपरा रहेको छ ।

मंसिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृदोषबाट मुक्ति मिल्ने विश्वास धर्मालम्बीमा रहेको छ । शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुंगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तील, चना, मकै पनि शतबीजमा प्रयोग गर्ने गरिन्छ । हिजो बेलुका देखि रातभर सम्म भजन किर्तन गर्दै जाग्रम बसेर बिहान शतबीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शतबीज छर्नका लागि शिवालयनजिकका जंगलहरुलाई छान्ने गरिन्छ ।

शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरु खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरुले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

उनीहरुको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेषमान्तक वनमा गएर भगवना शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतबीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शतबीज छर्ने प्रचलन सुरु भएको मानिन्छ । श्रोत्र हाम्रो पात्रो

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)