Aamsanchar

बङ्गालको खाडीमा रहेको चक्रवात ‘जवाद’ नेपालमा कमजोर

Author Image
आइतवार, मंसिर १९, २०७८

हाल बङ्गालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापीय प्रणाली को रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरूका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२