Aamsanchar

सुनसरीका सिडियोलाई रञ्जना राउतको प्रश्न ? ‘मैले किन नागरिकता पाईन’

Author Image
सोमवार, मंसिर २०, २०७८

नेपालको संविधानले आमाको नामवाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ तर मैले आमाको नामवाट नागरिकता किन नपाउने ? यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्वर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले खनारमा आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यो प्रश्न राख्नुभएको हो । रञ्जना दिदी वहिनीलेनै १२ पास गरेका छन् । तर नागरिकता नभएका कारण कहि कतै जागिर पाउन सकेका छैनन् । बुवा वर्षौ देखि वेपत्ता हुनुहुन्छ । आमाले विवाह गर्नुभन्दा अघि बनाएको नागरिकता छ । तर आमाको नामवाट नागरिकता पाउन सक्नुभएको छैन ।

कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाण पत्र पाउन नसक्दा झेलेको दुःख सुनाए । प्रमुख जिल्ला अधिकारीले सवैको कुरा सुन्नुभयो र टिपोट पनि गर्नुभयो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरि चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरु पेश भए । धेरैजसोको वुवा वेपत्ता भएका वा नभएका तर आमाका नामवाट नागरिकता पाउन नसकेको समस्या देखियो ।

भारत वाट नेपालमा विवाह गरि आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाँउदेखि बसाँईसराई गरि आएका तर बसाँईसराई लगायतका कागज पत्र नल्याएका कारण नागरिकता पाउन नसकेको पाइयो । यस्तै आफन्तका नाममा कोहि पनि थाहा पत्तो नभएका ब्यक्तिहरुले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको पाइयो ।

नागरिकता पाउन नसकेका ब्यक्तिहरुले नागरिकताको सिफारिस गर्ने निकाय वडाका वडाध्यक्षहरु रुपेश चौधरी र हेमानन्द दाहाल र नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राखेका हुन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सवैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तीका लागि पुरयाउनुपर्ने प्रक्रिया र कागजातका वारेमा वताउनुभयो ।संविधानले आमाका नामवाट नागरिकता पाउने ब्यवस्था गरेपनि कानुन वनिनसकेका कारण आमाका नामवाट नागरिकता दिन नसकिएको सुनाउनुभयो । कानुन वन्ने वित्तिकै नागरिकता दिन सकिने उहाँको भनाई छ ।

कार्यक्रमकी अध्यक्ष महिला सदस्य शान्ता अधिकारीले आमाका नामवाट नागरिकता पाउने काननु संसद वाट चाडै पारित गर्न माग गर्नुभयो । कार्यक्रममा वडा सचिव वाल कुमार पोखरेलले वडामा सिफारिस लिन आउदा ल्याउनुपर्ने कागजागतहरुको वारेमा जानकारी दिनुभयो । इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा सो कार्यक्रम गरेको हो ।

उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसीर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिने छ । इटहरीमा महिला हिंसा विरुद्धको अभियान भने बर्षभरिनै सञ्चालन हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)