मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइनसक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर साँझमा काम बन्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक कार्यमा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
नयाँ कामको योजना बन्नेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल