Aamsanchar

‘महिला हिंसाको वर्तमान अवस्था र कानूनी शिक्षा’ मा वीरता लेडी जेसीजको चासो

Author Image
मङ्गलवार, मंसिर २१, २०७८

विर्तामोड ।  वीरता लेडी जेसीजको आयोजनामा ‘महिला हिंसाको वर्तमान अवस्था र कानूनी शिक्षा’ विषयक अन्तकृया कार्यक्रम सम्पन्न भएको छ।

महिला हिँसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत झापा बिर्तामोड वार्ड नं १० का टोल विकासका महिला सदस्यहरूको सहभागितामा अन्तरक्रिया भएको थियो।

अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यलय बिर्तामोड का प्रहरी निरीक्षक हरी बराल ले महिला हिंसाको वर्तमान अवस्था कस्तो छ र कस्ता प्रकृती का घटना हरु प्रहरी समक्ष आई पुग्छन् र प्रहरीले कति सम्म सहजिकरण गर्न सक्छ भन्ने विषयमा जानकारी गराएका थिए । ।यस्तै अधिवक्ता कविता शर्माले महिला हिंसा भएमा कहा कसरी कानुन सम्म पुग्ने र कानूनी प्रावधानहरु के के छन् भन्ने विषयमा जानकारी गराएकी थिईन ।

वार्ड नं १० को वडा कार्यालयमा भएको कार्यक्रममा २६ वटा टोल विकासबाट करिब ५० जनाको सहभागिता रहेको थियो।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वार्ड नं १० का वडाध्यक्ष दुर्योधन गुरुङले वीरता लेडी जेसीजले महिला सशक्तीकरणका लागि गरेका कार्यहरूको प्रसंशा गर्दै महिला हिंसा बिरुद्धको कानूनी साक्षरता कार्यक्रम गाउँ केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

संयोजक दीपा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन रोजिना पाण्डे र संचालन महासचिव हिमा पौडेल ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर