काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यमितिको बैठक सुरु भएको छ । निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो। राप्रपाका केन्द्रीय सदस्य ऋषी देवकोटाका अनुसार केहिबेर अघिदेखि बैठक बसेको हो ।बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसमितिको एजेण्डा पेश गर्ने तयारी तयारी छ । बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी रहेका छन् । तर, निवर्तमान अध्यक्ष कमल थापा बैठकमा सहभागी छैनन् ।

Views: 568

