Aamsanchar

आफूले लिएको ऋण तिर्न नपरोस् भनेर साथीको हत्या

Author Image
बुधवार, मंसिर २२, २०७८

भक्तपुर – आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजाे मङ्गलवार राति कुटपिट गरी फर्माले हानेर हत्या भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा बालकोट बस्ने राजनकै साथी हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक पक्राउ परेका महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर