Aamsanchar

अटो टेम्पोको भाडा वृद्धि, मुक्तिचोक देखि २ किलोमिटरभित्र ३० रुपैयाँ तिर्नुपर्ने

Author Image
बिहिवार, मंसिर २३, २०७८

झापा- अटो टेम्पोको भाडा वृद्धि भएको छ । झापाको बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा वृद्धि भएको हो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको छ। लामो समयदेखि शुरुआती चरणकै भाडामा कुदिरहेका व्यवसायीले इन्धनको मुल्य वृद्धि र खाद्य सामग्रीको मुल्य वृद्धि भएका कारण भाडा वृद्धिको माग गरेका थिए ।
व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा भाडा वृद्धिका लागि माग गरेका थिए । भाडा वृद्धिका लागि नगरपालिकाले नै निर्णय गर्नुपर्ने पत्राचार भएपछि व्यवसायीको प्रस्ताव बमोजिम भाडादर कायम गरिएको छ । नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य निता घतानी संयोजक र रोजगार संयोजक होमनाथ भट्टराई सचिव रहने गरि अटो टेम्पो चालकका प्रतिनिधि सहितको सिफारिस समिति बनाइएको थियो । सोही समितिले नयाँ भाडादर प्रस्ताव गरे अनुसार कार्यपालिकाले निर्णय गरेको छ ।

मंसिर १६ गतेको कार्यपालिका बैठकमा सिफारिस समितिले प्रस्ताव गरेको भाडादर निर्णय भएको छ । पुरानो भाडालाई अध्ययन गरेर भाडा वृद्धि गर्ने सन्दर्भमा बनाइएको सिफारिस समितिले नयाँ मापदण्ड अनुसार भाडा दरका लागि कार्यपालिकालाई नयाँ दर पठाएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 526

प्रतिक्रिया (०)

सम्बन्धित खबर