

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको व्यक्तिसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
चिताएको कामले तीव्रता लिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सौन्दर्यतामा र साँझमा अधिक पैसा खर्च हुने योग छ, आफन्तको सल्लाह लिनु नै उचित हुनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम सम्बन्ध पनि ठिकै हुनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आकस्मिक धन लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता पनि भइएला ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभ समाचार सुन्न पाइएला । प्यारो साथीसँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा पनि सफलता मिल्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मन मिल्ने प्यारो साथीसँग भेट होला । नयाँ काम सुरु गर्ने मौका छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्ने र प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रतिष्ठित काम सुरु गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त होलान् ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अरुको भर पर्दा धोका पाइनसक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ । धनमाल पनि हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल

