Aamsanchar

कांग्रेस महाधिवेशनको उद्घाटन समारोह सुरु

Author Image
शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन समारोह सुरू भएको हो । उद्घाटन समाराेहमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा पनि पुग्नुभएकाे छ । उहाँले केहीबेरमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी छन् । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरुसँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका पाहुनाले पनि सम्बोधन गर्नुहुनेछ । उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । भृकुटीमण्डपमा चहलपहल बढेको छ ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर