बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 125