Aamsanchar

सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै

Author Image
शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् । आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् । यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्नेछन् ।

सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा  मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले  च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर