Aamsanchar

एनआरटीले सातदोबाटोलाई १–० गोलले हरायो

Author Image
शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएकाे हाे।

एनआरटीको लागि स्टेफेन समिरले गोल गरे  । जितसँगै एनआरटी पाँच अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आजको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।  सात अंक रहेको सातदोबाटो तेस्रो स्थानमा छ ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर