

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले दोस्रो जित निकालेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो। संकटाको जितमा निरज बस्नेतले गरेको गोल निर्णायक बन्यो।

उनले खेलको १८ औं मिनेटमा गोल गरे। लक्ष्मण रुचालको कर्नरमा निरजले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए। सोमबारको जितसँगै संकटा अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

संकटाको चार खेलबाट आठ अंक भएको छ। उसले चार मध्ये समान २–२ खेलमा जित र बराबरी खेलेको छ।

Views: 85

