

काठमाण्डाै – नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत भइरहेकाे मतदानकाे समय राति ९ बजेसम्म थप गरिएकाे छ । आज साेमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पाैने १२ बजेतिर प्रारम्भ भएकाे थियाे । ढिला गरी सुरु भएकाे मतदान राति ९ बजेसम्मका लागि थप गरिएकाे केन्द्रीय निर्वाचन समितिका संयाेजक वरिष्ठ अधिवक्ता गाेलालकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

१४ औँ महाधिवेशनका लागि अहिले दिउँसाे साढे ४ बजेसम्म एक हजार नाै सय ९३ मत खसेको छ ।
महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Views: 156

