Aamsanchar

कांग्रेस महाधिवेशन : साढे ११ बजेसम्मका लागि मतदान गर्ने समय थप

Author Image
सोमवार, मंसिर २७, २०७८

काठमाडौं –नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गर्ने समय पटकपटक थप भइरहेको छ । तोकिएको समयमा महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न नसकेपछि साढे ११ बजेसम्मका लागि मतदान गर्न पाउने गरी निर्वाचन समितिले समय थपेको हो ।

सुरुमा ५ बजेसम्म मतदान गरिसक्नुपर्ने व्यवस्था निर्वाचन समितिले गरेको थियो । तर मतदान गर्न लामो समय लागेपछि निर्वाचन समितिले पटकपटक समय थप गर्दै राति साढे १० बजेसम्मका लागि तोकेको थियो ।

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

Views: 483

प्रतिक्रिया (०)

सम्बन्धित खबर