Aamsanchar

कांग्रेस मतगणना : देउवाकाे अग्रता कायमै

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

   काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

अहिलेसम्म १ हजार मत गनिसक्दा देउवाले ४७३ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ र प्रकाशमान सिंहले ९१ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Views: 150

प्रतिक्रिया (०)