Aamsanchar

थाक्लेको कृष्ण मा.वि.मा राष्ट्रिय नेता देखि कलाकार सम्म

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

इलाम । इलामको माई नगरपालिका–५स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयले आफ्रनो स्थापनाको ५० औं बर्ष स्वर्ण वार्षिकोउत्सव मनाएको छ । सोमबार बिद्यालयको प्राङ्गणमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमलाई नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि नेम्वाङले वर्तमान सरकारप्रति कटाक्ष गर्दै आजकल सरकारले आफ्नो पार्टीसँग सल्लाह गर्न छोडेको टिप्पणी गरे । “पहिले हामी सरकारमा हुँदा प्रतिपक्षमा रहेका पार्टीहरुसँग सल्लाह गथ्र्यौं,‘ तर पनि हामीलाई निरंकुश भएको टिप्पणी हुन्थ्यो’–उनले थप भनाइ राखे ।

संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङले जनताले जनताको लागि बनाएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्भनिरपेक्षता, समावेशीतालगायत सबै कुरा समेटीएको हुँदा जनता अधिकार सम्पन्न भएको हुँदा कुनै पनि कार्यको लागि आन्दोलन गर्नुनपर्ने दावी गरे ।

त्यस्तै विद्यालयले सञ्चालन गरिरहेको शैक्षिक गतिविधिका कारण शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको लागि उनले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागि पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वास्थ्य र शिक्षा क्षेत्र आफ्नो प्राथमिकताको विषय भएको हुँदा उक्त विद्यालयको विकासको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले सो क्षेत्रका विपन्न दुई सय परिवारका लागि अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरकुमार राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले विद्यालय परिसरमा नवनिर्मित ‘स्वर्ण महोत्सव स्मारक’को उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा विद्यालयकोतर्फबाट राष्ट्रिय कलाकार बलराम समाल, विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता परिवारका सदस्यहरु जीतमान राई, दलुदास राई र लच्छीमाया राईसँगै दाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी १३० जनालाई सम्मानित गरिएको थियो ।

शिक्षिका अञ्जना राईले विद्यालय स्थापनादेखि हालसम्मको अवस्था बारे संक्षिप्तमा जानकारी गराएको कार्यक्रममा प्रदेश नं.१का सांसद् काजीमान कागते, पार्टी प्रदेश कमिटीका सदस्य धुव्रकुमार श्रेष्ठ, जनता समाजवादी पार्टी इलामका सदस्य दीर्पादास राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सोही कार्यक्रममा हाल पक्षघातका कारण उपचाररत् स्थानीय नेत्रदास राईलाई विदेशमा रहेका रतन राईले उपचारको लागि पठाएको नौ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकर समाललगायत विद्यार्थीहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । शिक्षक रोमबहादुर राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी सोफिया लिम्बूले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)