काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन्।उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिए। संघीय संसदअन्तरगत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। यसअघिका बैठकमा एमाले सांसदहरुले अवरुद्ध गर्दै आएका थिए।

Views: 367

