Aamsanchar

डा. शेखर कोइरालालाई मत दिन गगनको अपिल

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं : महामन्त्रीका उम्मेदवार गगन थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा शेखर कोइरालालाई मत दिन आह्वान गरेका छन्।

आज सामाजिक सञ्जालमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले जारी गरेको अपिलमा इतिहासले असाधारण निर्णय लिन आह्वान गरिरहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु। अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ। नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो।’

उनले यस घडीमा इतिहासले हामीसँग त्यही असाधारण निर्णय लिन आह्वान गरेका छन्। उनले अहिले महाधिवेशन प्रतिनिधिले लिने निर्णयले दुरगामी प्रभाव पार्ने र गल्ती गरे इतिहासले माफी नदिने बताएका छन्।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर