Aamsanchar

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

Author Image
मङ्गलवार, मंसिर २८, २०७८

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।

राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो। पहिलो चरणमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्।

Views: 376

प्रतिक्रिया (०)