

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन यही पौष ३ गते झापा आउने हुनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछी लिङ्गदेन पहिलो पटक गृह जिल्ला झापा आउन लाग्नु भएको हो ।

पौष ३ गते विर्तामोडमा आयोजना गरीएको स्वागत सम्मान एवं वृहत पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्गदेन सहभागी हुने राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो । उहाँ तीन दिन झापा वस्ने कार्यक्रम रहेको वतार्ईको छ । सो क्रममा उहा विभिन्न कार्यक्रममा सहभागी हुनुको साथै नेता कार्यकर्ता संगको भेटघाटमा व्यस्त रहने मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईले जानकारी दिनुभयो ।
राप्रपाको काठमान्डौमा हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्गदेनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजीत गर्नुभएको थियो ।

Views: 299

