Aamsanchar

एमालेका मनोनित केन्द्रीय सदस्यहरुद्वारा सपथग्रहण

Author Image
बुधवार, मंसिर २९, २०७८

काठमाडौं –नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

Views: 123

प्रतिक्रिया (०)