Aamsanchar

आफ्नै भिनाजुलाई छुरा प्रहार गरेर हत्या गर्ने सालाे पक्राउ

Author Image
बुधवार, मंसिर २९, २०७८

सुनसरी- सुनसरीको ईटहरी उप-महनगरपालिका-४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी-४ का ५१ बर्षिय श्री मुरारी गिरी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका सालो १९ बर्षिय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर