Aamsanchar

पारिवारीक बेमेलका कारण घरेलु हिंसा हुने गरेको तथ्याङ्क सार्वजनिक, झापामा बिर्तामोड नगरपालिकामा धेरै मुद्धा

Author Image
बुधवार, मंसिर २९, २०७८

जिल्लामा रहेका १५ वटा पालिकामध्ये सवैभन्दा बढि बिर्तामोड नगरपालिकामा २४ र सवैभन्दा कम बाह्रदशी गाँउपालिका शुन्य दशमलव ४८ प्रतिशत घटना दर्ता

मेचीनगर । सवैभन्दा बढी घरेलु हिंसा पारिवारीक बेमेल (विविध पारिवारिक) कारणले हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएका घरेलु हिंसाको उजुरीका घटना हेर्दा सवैभन्दा बढी ५२ प्रतिशत घरेलु हिंसा पारिवारीक बेमेल विविध पारिवारिक कारण) ले हुने गरेको छ ।

झापाको मेचीनगरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सपना खड्काले प्रस्तुत गरेको तथ्याङ्कले यसलाई पुष्टि गर्दछ ।

यसैगरी, ३२ प्रतिशत मादक पदार्थ सेवन र सामाजिक सञ्जाल तथा फोनको दुरुपयोगका कारण १६ प्रतिशत घरेलु हिंसाको उजुरी प्रहरी कार्यालयमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्क हेर्दा जिल्लामा रहेका १५ वटा पालिकामध्ये सवैभन्दा बढि बिर्तामोड नगरपालिकामा २४ प्रतिशत र सवैभन्दा कम बाह्रदशी गाँउपालिका शुन्य दशमलव ४८ प्रतिशत घरेलु हिंसाको घटनामा उजुरी दर्ता भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७७/२०७८ मा दर्ता भएका यौनजन्य अपराधको विवरण हेर्दा त्यो वर्ष दर्ता भएका यौनजन्य अपराधको संख्या १ सय ५६ वटा रहेको कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७७/२०७८ मा घटेका यौनजन्य अपराधहरुको विश्लेषण हेर्दा पीडितको उमेरको आधारमा घटेका यौनजन्य अपराधका घटनामा ३८ प्रतिशत १८ वर्ष मूनि उमेर समूहका रहेका छन् । आर्थिक बर्ष २०७६/२०७७ को अवधिमा घटेका यौनजन्य अपराध घटनाका पीडित ३८ प्रतिशत १८ बर्ष मुनि उमेर समूहका रहेको प्हरी निरीक्षक खड्काले जानकारी दिनुभयो । यस अवधिमा घभएका यौनजन्य अपराधका घटनाका ४३ प्रतिशतपीडक १८ देखि २५ वर्ष समेर समूहका रहेका छन् । शैक्षिक योगयताका आधारमा तुलना गर्दा यौनजन्य अपराधमा पीडितमध्येका ७२ प्रतिशत महिला साधारण लेखपढमात्र गर्न सक्ने र यौनजन्य अपराधमा संलग्न ३९ प्रतिशत पीडक साधारण लेखपढ गर्न समेत नजान्ने रहेको तथ्याङ्कमा छ ।

महिला तथा बालबालिका विरुद्घका अपराध, महिला हिंसाको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यलय समेतमा दर्ता भएका घरेलु हिंसाको ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष झापामा महिला हिंसाका घटनामा बढोत्तरी हुँदै गएको छ । आर्थिक वर्ष २०७४/०७५ मा महिला हिंसाका ६९ वटा निवेदन परेका थिए । ती मध्ये ६० वटामा सहमती, ४ वटा अदालत पठाएको र बाकी ५ वटा फस्र्याेट हुन बाकी रहेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा तयो संख्या बढेर दोब्बर बढी पुग्यो । १ सय ५२ वटा घटना हुँदा १ सय २० वटामा मात्र सहमति भएको थियो । ८ वटालाई अदालत पठाईएको भएपनि २४ वटा मुद्घा फस्र्याेट हुन सकेका थिएनन् । आर्थिक वर्ष २०७६/०७७ मा महिला हिंसाका १ सय ८१ वटा उजुरी परे । १ सय ४३ वटा सहमती भएको, १३ वटा अदालत पठाएको र २५ वटा फस्र्याेट हुन बाकी रहेको कार्यालयको भनाई छ । सवैभदा बढी आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २० वटा निवेदन परे पनि १ सय ७२ वटामामात्र सहमती भएको छ । १४ वटा अदालत पठाएको र ३४ वटा फस्र्याेट हुन बाकी रहेको बताईएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को कात्तिकमहिनासम्म ८३ वटा उजुरी दर्ता हुँदा ६९ वटामा सहमति भएको छ । २ वटा अदालत पठाइए पनि १२ वटा फस्र्याेट हुन बाकी रहेको छ ।

यौनजन्य अपराधका सबैभन्दा धेरै घटनाहरुमा पीडकले पीडितलाई बिभिन्न डर, धाक त्रास, धम्की दिई घटना घटाउने गरेको पाईएको छ । यस्तै पीडितलाई बिभिन्न किसिमका प्रलोभन समेतमा पारी यौनजन्य अपराधका घटनाहरु घटेका छन् । लैंगिक हिंसा नियन्त्रणका प्रयासहरूमा कार्यालयले सचेतनामुलक कार्यक्रमहरू, नेपाल प्रहरीको सेफ्टी पिन अभियान तथा कानुनको कार्यान्वयनमा कडाईलगायतका कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

विभिन्न चेतनामुलक कार्यक्रम कुल १ सय १३ पटक गर्दा १६ हजार ४ सय १४ जना लाभावनित भएका छन् । तपाईको मास्क खोई ? कार्यक्रम ५० पटक सञ्चालन गर्दा १२ हजार ७ सय २८ जना लाभान्वित भएको उहाले जानकारी दिनुभयो । छलफल तथा अन्तरक्रिया २ पटक गर्दा ६५ जना ,लैगिक हिंसा सम्बन्धी जिङ्गल प्रशारण कार्यक्रम १ पटक गर्दा १ सयजना, रक्तदान कार्यक्रम ३ पटक गर्दा १ सय ९५ जना, लागुऔषध दुव्र्यसन सम्बन्धी ३ पटक गर्दा १ सय ७० जनालाई प्रत्यक्ष लाभ पुगेको प्रहरी निरीक्षक खड्काले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, वृक्षारोपनका सम्बनधी ८ पटक गर्दा २ सय ५०, सरसफाई कार्यक्रम १५ पटक सञ्चालन गर्दा ६ सय ४१, साईवर अपराध सम्बन्धी १ पटक गर्दा ९०, सामान बितरण कार्यक्रम ६ पटक सञ्चालन गर्दा ४ सय ९६, घरेलु हिंसा न्यनिकरण सम्बन्धि १ पटक गर्दा ६० जना, नागरिक सुनुवाई कार्यक्रम १ पटक गर्दा २ सय जना, मानब बेचविखन सम्बन्धी ६ पटक सञ्चालन गर्दा ४ सय १५, लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान कार्यक्रम १६ पटक सञ्चालन गर्दा १ हजार ६ जनाले लाभ लिईएको बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर