मेचीनगर । झापाको मेचीनगर १२ सहरेडाँगीस्थित श्री सरस्वती माध्यमिक विद्यालयले पूर्व प्रधानध्यापकलाई विहीबार अभिनन्दन गरेको छ । विद्यालयको ४३ औँ वार्षिकोत्सवको अवसर पारेर पूर्व प्रधानध्यापक महेन्द्रादेवि पराजुलीलाई अभिनन्दन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीगर नगरपालिकाका नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिन्नदित पुर्व प्रधानक पराजुलीलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले दोसल्ला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति सुर्यप्रसाद सापकोटाले उहाँलाई अविर टीका पहिर्याउनुभएको थियो । विद्यालयका प्रधानध्यापक शुक्रराज घिमिरेले अभिनन्दन पत्र वाचन गर्नुभएको थियो ।
सरस्वती माध्यमिक विद्यालयको स्थापनाकालदेखि प्रधानध्यापक तथा अभिभावकको रुपमा निरन्तर सेवा गरेर २०७५ साल जेठ ५ गत सम्म जम्मा ३८ वर्ष ५ महिना ३ दिन सेवा गरेर विद्यालयको उन्नतिको निम्तीका लागि पुर्याउनुभएको योगदानको कदरसहित उहाँलाई अभिनन्दन गरिएको हो ।
सोहि अवसरमा पूर्व शिक्षक गंगाप्रसाद चेम्जोङ तथा अभिभावकहरुमा विद्यालयको हितलाई सर्वाेपरी ठान्ने झापा मेचीनगर— १२ का शिक्षासेवी भक्तिप्रसाद शिवाकोटी र अर्जुनधारा—१० की अक्षयकोष दाता यशोदा वराललाई समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट वर्ग शिक्षकका रुपमा राधिका रेगमीलाई नगदसहित पुरस्कृत र सम्मान तथा रघुशाली स्मृति अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षकको पुरस्कार तथा सम्मान रामप्रसाद मिश्रलाई प्रदान गरेको थियो । विद्यालयले कक्षा १ देखि १२ कक्षासम्मका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरेको छ । विद्यालयमा स्थापना भएको अक्षयकोषबाट प्राप्त व्याज रकमले उनीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
विद्यालयको भौतिक पूर्वाधार तथा सहज सिकाई व्यवस्थापनका लागि विभिन्न उद्घेश्य राखेर विभिन्न दाताहरुले एघार वटा अक्षय कोष स्थापना गरिदिनुभएको विद्यालयका प्रधानध्यापक शुक्रराज घिमिरेले प्रस्तुत गरेको विद्यालयको बार्षिक प्रतिवेदन उल्लेख छ । यसैको व्याजबाट प्राप्त रकमले हरेक वर्षको वार्षिकोत्सवमा २१ जना छात्र—छात्रालाई विद्यालयले पुरस्कृत र सम्मान तथा एकजना शिक्षकलाई पुरस्कृत गदैं आएको छ । विद्यालय मेचीनगर नगरपालिको— १२ नम्बर वडामा स्थापना भएपनि अध्यायनका लागि अर्जुनधारा, बुद्घशान्ति तथा मेचीनगरका विभिन्न वडाबाट विद्यार्थी आउने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रधानध्यापक घिमिरेका अनुसार राजबहादुर चिलिक्चम अक्षयकोषबाट कक्षा ८ को उत्कृष्ट जनजाति विद्यार्थीलाई, मुना खड्का स्मृति कोषबाट कक्षा ८ को उत्कृष्ट छात्रालाई, पवित्रा नेम्बाङ्ग स्मृति अक्षयकोषबाट वर्ष उत्कृष्ट जनजाति विद्यार्थीलाई, शंकर खतिवडा स्मृति अक्षयकोषबाट गरिबतथा जेहेन्दार विद्यार्थीलाई, राम यशोदा बृद्घि विकास कोषबाट कक्षा ५ को उत्कृष्ट विद्यार्थीलाई, नन्दहरि स्मृति अक्षयकोषाबाट कोषको विधान अनुसार, अनिता अक्षय कोषबाट विधान अनुसार, लीलानाथ हिमादेवी स्मृति अक्षयकोषबाट विधान अनुसार, विष्णुलाला नरमाया स्मृति अक्षयकोष विधान अनुसार, र हरिप्रिया कार्की स्मृति अक्षयकोषबाट सम्मान तथा पुरस्कृत गरिएको हो ।
प्रमुख अतिथि नगर उपप्रमुख उपे्रती, विशिष्ट अतिथि नगर शिक्षा अधिकार भण्डारीलगयतले बोल्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानध्यापक युवराज काफ्ले र स्वागत शिक्षक खीमा न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिको पहिचान झल्किने नुत्य प्रस्तुत गरेका थिए ।